हिरासतका तीन थुनुवा ग्रिल उप्काएर फरार

217

काठमाडौं– महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट तीन जना थुनुवा फरार भएका छन् । लागु औषध कारोबार मुद्दाका रविकुमार तिम्सिना तथा डाँका चोरी मुद्दाका सम्शेर माझी र रुद्रलाल श्रेष्ठ गएराति ग्रिल उप्काएर फरार भएका हुन् ।

जावलाखेल प्रहरीमा राख्नुपर्नेमा ठाउँ अभावका कारण उनीहरुलाई भैंसेपाटीमा राखिएको थियो । उनीहरुको खोजीका लागि काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा व्यापक मात्रामा प्रहरी परिचालन गरी निगरानी बढाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here