सुरक्षाको माग गर्दै छविराज ओझाविरुद्ध शिल्पाले दिइन् प्रहरीमा उजुरी

245

 काठमाडौं / अभिनेत्री शिल्पा पोखरेलले छविराज ओझाविरुद्ध शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी दिएकी छिन् ।

अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि चलचित्र निर्माता ओझा अभिनेत्री पोखरेलसँग २०७३ साल दसैंमा विवाह बन्धनमा बाँधिएका थिए । उनीहरु दुवैले विवाह गरेको तत्कालै स्वीकार नगरे पनि गत वर्ष मात्र उनीहरुले आफूहरूले विवाह गरेको सार्वजनिक रूपमा स्वीकार गरेका थिए ।

छविले शिल्पालाई ‘लज्जा’ चलचित्रबाट डेब्यु गराएका थिए । शिल्पाले त्यसपछि छविको ब्यानरमा निर्माण भएको ‘मंगलम’ तथा ‘हबल्दार सुन्तली’ मा अभिनय गरेकी थिइन् ।

शिल्पा चलचित्रमा भन्दा म्युजिक भिडियोमा बढी सक्रिय छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here