आइसिसी क्रिकेट विश्वकपमा अफगान बलर अफ्ताबलाई १ वर्ष प्रतिबन्ध

175

एजेन्सी / आइसिसी क्रिकेट विश्वकप २०१९ का दौरान अभद्र व्यवहार आरोप लागेका अफगानिस्तान क्रिकेट बोर्डले तीव्र गतिका बलर अफ्ताब अलामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा एक वर्षको प्रतिबन्ध लगाएको छ। अलामले अभद्र व्यवहार गरेकाले अफगानिस्तानले अलामलाई विश्वकप खेल भइरहदा स्वदेश फर्काएको थियो। उनको स्थानमा साइद अहमेद शिरजाडलाई राखिएको थियो। अफगानिस्तान क्रिकेट बोर्डले ‘आइसिसीको आचार संहिता विपरित काम’ गरेको भन्दै उनलाई स्वदेश फर्काइएको जनाएको छ । २ साता अनुसन्धान गरेपछि उनले अभद्र व्यवहार गरेको बोर्डले ठहर गरेको हो। उनले साउथह्याम्टनको एक होटलमा महिला पाहुनामाथि अभद्र व्यवहार गरेको बोर्डको ठहर छ। यस्तै भारत र पाकिस्तानबीचको खेलमा उनले खेलाडी बस्न नमिल्ने भिआइपी रुममा कब्जा जमाएका थिए। त्यहाँ आफूसँगै साथीलाई पनि लगेका थिए।

खेलाडीको कार्ड दुरुपयोग गरेर निषेधित क्षेत्रमा गएपछि सुरक्षाकर्मीले त्यहाँ नबस्न आग्रह गरेपछि उनका साथी भने बाहिर निस्किएका थिए। उनले भने बाहिर निस्कन अस्वीकार गरेका थिए । दायाँ हाते बलर अफ्ताबले अफगानिस्तानका लागि विश्वकपमा ३ खेल खेलेका थिए। उनले न्युजिल्यान्डविरुद्ध ३ विकेट र भारतविरुद्ध १ विकेट हात पारेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here