पूर्वपश्चिम राजमार्गको पुल भत्कियो, सयौँ यात्रु अलपत्र

228

बर्दिबास- भारी वर्षाका कारण महोत्तरीको बर्दिबासस्थित भब्सी नदीको पुल भत्किएको छ। पुल भत्किदा पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए।

अहिले पुलको दुवै छेउमा ठूलो संख्यामा सवारी साधन रोकिएका छन्। पुल भत्किएपछि सयौँ यात्रु अलपत्र परेका छन्। केही यात्रु गन्तव्यमा पुग्न जोखिम मोलेर नदी तरिरहेको स्थानीय रमेश महतोले जनाए। जिल्लामा चार दिनदेखि भइरहेको वर्षा अझै रोकिएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here