नेविसंघद्वारा बाढीपहिरो पीडितलाई राहत संकलन

66

काठमाडौं– नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले बाढी– पहिरो पीडितका लागि राहत संकलन सुरु गरेको छ ।

सोमबार नेविसंघका नेता नवराज त्रिपाठी नेतृत्वको टोलीले काठमाडौंमा भोटाहिटी, भृकुटीमण्ड, कोटेश्वर , बसन्तपुर लगायत ठाउँमा राहत संकलन सुरु गरेको हो ।

नेविसंघले तीन दिनसम्म राहत संकलन गरेर बाढीपीडित क्षेत्रमा राहत बाडिने त्रिपाठीले जनाए ।

सोमबार करिब ५० हजार बराबरको राहत सहयोग संकलन भएको नेविसंघ नेता त्रिपाठीले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here