काठमाडौं / एन आई सी एशिया बैंक लिमिटेड र ग्लोबल हस्पिटल सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई ग्लोबल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५५ सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल विजनेशका इन्चार्ज रौनक करवा र ग्लोबल हस्पिटलको तर्फबाट हस्पिटलका मानव संशाधन तथा वित्त विभाग प्रमुख हिमान्सु झाले हस्ताक्षर गरेका छन् ।

















