अब चापागाउँमा पनि प्रभु बैंकको शाखा

82

ललितपुर– ललितपुरस्थित चापागाउँमा आजदेखि प्रभु बैंकले शाखा कार्यलय सञ्चालनमा ल्याएको छ । शाखा कार्यालयको गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले उद्घाटन गरेका हुन् ।

शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी तथा नगरप्रमुख गजेन्द्र महर्जनले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको जनाए ।

बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको भन्दै प्रभु बैंकलाई सफलताको कामना समेत गरे । शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here