जिपले किच्दा बालकको मृत्यु

162

बाग्लुङ– काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ।

ग १ ज ७१८१ नम्बरको जिपका चालक शशीलाल थापाले पार्किङ गर्ने क्रममा जिप ब्याक गर्दा उनकै छोरा सात वर्षीय सलिन थापालाई किच्न पुग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक झपिन्द्रप्रसाद भट्टराईले जानकारी दिए।

बाग्लुङ बजारबाट यात्रु तथा सामान ओसारपोसार गर्ने जिप राति घर नजिकै पार्किङ गरेर राख्ने क्रममा बालकलाई किच्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ।रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here