नेकपा बैठक जारी

154

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।

दिउँसो एक बजे बस्ने भनिएको बैठक झन्डै एक घण्टापछि सुरु भएको हो। बैठकमा विभागहरु गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन लगायतका विषयमा छलफल हुनेछ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार पार्टीको विभाग तथा आयोगहरुको भागबण्डा गरेका थिए।

त्यसयता पूर्व एमाले र पूर्व माओवादीले आफूले नेतृत्व गर्ने विभाग-आयोगमा नेतृत्व चयनका लागि कसरत गरेका थिए। केही दिनयता पूर्व एमालेका नेताहरुको बालुवाटारमा बैठक बसिरहेको थियो। त्यस्तै, आइतबार बिहान मात्रै पूर्व माओवादी केन्द्रका केही नेताहरुले प्रचण्ड निबास खुमलटारमा छलफल गरेका थिए। सचिवालय बैठकमा विभाग र आयोगहरुको नेतृत्व टुंगो लगाउन सकिने सम्भावना छ।

आजको बैठकमा सचिवालय सदस्यहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल र विष्णु पौडेल सहभागी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here