काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मंगलबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।
दिउँसो ४ बजेदेखि अध्यक्षद्वयबीच साँझ ७ बजेसम्म प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो। दुवै अध्यक्षबीचको छलफलबाट स्कुल विभाग र अन्य विभागहरुको नेतृत्व कसलाई दिने भन्ने विषयमा सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको हो ।
आईतवार बसेको सचिवालयको बैठकले देशभरका ७७ वटै जिल्ला र महानगरपालिकाका कमिटीका इन्चार्ज र सह–इन्चार्जको नाम टुङ्ग्याएको थियो ।


















