लिभरपुल सेभिल्लासँग पराजित

82

एजेन्सी–

काठमाडौं- च्याम्पियन्स लिगको च्याम्पियन लिभरपुल स्पेनिस क्लब सेभिल्लासँग पराजित भएको छ।

बलियो लिभरपुललाई पराजित गर्दा २–१ को जित निकाल्यो। सेभिल्लाले खेलको ३७ औं मिनेटमा नोलिटोको गोल मार्फत खेलमा अग्रता बनायो।

पहिलो हाफमा खेललाई बराबरीमा ल्याउने क्रममा लिभरपुलले अन्तिम मिनेटमानै बराबरी गोल गर्‍यो। डिभोक ओरिगीले पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए। एलेक्जेन्डर आर्नोल्डको क्रस डिफेन्डरले क्लियर गर्न नसक्दा ओरिगिले गोल गरेका थिए।

दोस्रो हाफको ७६ औं मिनेटमा सेभिल्ला १० खेलाडीमा सिमित हुन पुग्यो। लिभरपुलका लारोचीलाई सेभिल्लाका नाग्ननले फल गरेपछि रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए। उक्त फलका कारण घाइते भएका लारोचीलाई स्ट्रेचरमा बाहिर लग्नुपरेको थियो।

तर १० खेलाडीमा सिमित भएपनि खेलको अन्तिम मिनेटमा सेभिल्लाले पोजोको गोलमा अग्रता लियो जुन गोलनै खेल जित्नका लागि निर्णायक बन्यो। गोलरक्षक सिमोन मिग्नोलेट छलाउँदै पोजोले सहजै गोल गरेका थिए। थप समयमा गोल हुन नसक्दा लिभरपुल खेलमा पराजित हुन पुग्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here