एजेन्सी / संयुक्त राज्यअमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा भइरहेको युद्ध अन्त्यका निम्ति ‘धेरै प्रगति’ भएको जनाएका छन् । उनले तालिवानसँग समझदारी गरेर आगामी हप्ताभित्रै अफगानिस्तानमा युद्ध अन्त्य गर्ने उल्लेख गर्दै अफगानिस्तानको अमेरिकी सैन्य गतिविधिका विषयमा पनि प्रष्ट पारे ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई मंगलबार ह्वाइट हाउसस्थित ओभर अफिसमा स्वागत गर्दै ट्रम्पले अफगानिस्तानमा १८ वर्षमा यो युद्धलाई अन्त्य गर्ने जनाएका हुन् । उनले अमेरिकाले सेनाको भन्दा पनि प्रहरीको भूमिका निर्वाह गर्ने जनाए । उनले भने, ‘क्रुरर सैन्य शक्तिको प्रयोग गरेर भए पनि युद्धलाई अन्त्य गर्न सक्छु त। एक करोड मानिस मार्न चाहन्न । यो क्रुरर सैन्य शक्तिको प्रयोग विकल्पमात्र हो, त्यतिसम्म गर्न नपरोस भन्ने हामीले चाहेका छौं । तर, साता दश दिनमै अब यो युद्धलाई अन्त्य गरेरै छाड्नेछौं ।’
यसअघि कतारमा अमिरिकाले तालीवान समूहसँग वार्ता गरेर कूटनीतिक तवरमा यो युद्धलाई अन्त्य गर्ने प्रयास गरेको थियो । तर, उक्त वार्ता सफल नभएपछि अमेरिकाले तालिवानीमाथि सैन्य दबाब दिइरहेको छ ।
राष्ट्रपति ट्रम्पले अफगानिस्तानमा जारी युद्ध अन्त्यका लागि पाकिस्तानले सहयोग गर्ने समेत विश्वास व्यक्त गरेका थिए । त्यसको प्रतिक्रिया स्वरुप पाकिस्तानमा प्रधानमन्त्री खानले भने, ‘हामी शान्तिपूर्ण तरिकाले समस्याको समाधान होस् भन्ने चाहन्छौं’
उनले थपे, ‘हामी विश्वास गर्छौं र हाम्रो आग्रह हुन्छ कि आगामी दिनमा तालिवानले अफगान सरकारसँग वार्ता गरेर समाधान गरोस्’


















