एनआईसी एसियाले १२ करोड ५० लाख इकाईको म्युचुअल फण्ड खुल्ला

105

काठमाडौं / एनआईसी एसिया बैंकले १२ करोड ५० लाख इकाई बराबरको म्युचुअल फण्ड खुल्ला गरेको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै बैैंकले फण्ड अन्तर्गत सञ्चालन हुने दोस्रो क्लोज इन्ड योजनामा बैंकको व्यालेन्स् फण्डको प्रति इकाई मूल्य रु १० का दरले १२ करोड ५० लाख इकाईको फण्ड निष्काशन गरेको हो ।

बैंकले निष्काशन गरेको कुल १२ करोड ५० लाख इकाईमध्ये बीज पूँजीवापत न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धनक तथा बैंक योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलका लागि सुरक्षित राखी बाँकी १० करोड ६२ लाख ५० हजार इकाई सर्वसाधारणमा खुल्ला गरेको हो ।

एनआईसी एसिया म्युचुअल फण्ड इकाई बिक्री भोली बुधबार श्रावण ८ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ । माग गरे बमोजिमको आवेदन परे ४ दिनपछि १२ गतेनै बिक्री बन्द गर्ने र माग गरे जति आवेदन नपरे समय थप गरि भाद्र ५ गते सम्म आवेदन खुल्ला गरिने बैंकले जनाएको छ ।

उक्त व्यालेन्सड् फण्डको इकाई खरिदका लागि प्रमाणपत्र भएका नेपाली, गैरआवासीय नेपाली, कानून बमोजिम दर्ता भएका कम्पनी, फर्म, संघ संस्था तथा वित्तिय कम्पनी लगायत सामाजिक सुरक्षा कोष तथा गुठीहरुले आवेदन दिन सक्नेछन् । त्यसका लागि प्रचलित कानून तथा सामूहिक कोष नियमावली एवं निर्देशिकाको अधिनमा रहेको हुनुपर्ने बैंकले जनाएकोक छ ।

यस योजनामा लगानी गर्न इच्छुक लगानीकर्ताले आफ्नो सी–आश्वा खाता रहेको बैंक तथा वित्तीय संस्था वा मेरो शेयरमार्फत अनलाइन प्रणालीबाटै आवेदन गर्न सक्ने छन् । व्यालेन्स्ड फण्डका बारेमा बुझ्नबैंकको आधिकारिक वेभसाईटमा समेत व्यालेन्स्ड फण्ड विवरण पुस्तिका राखिएको बैंकले जनाएको छ ।

यस योजनाको उद्देश्य प्रचलित सामूहिक लगानी कोष नियमावली एवं निर्देशिकाले निर्दिष्ट गरेको क्षेत्रमा जोखिम न्यूनीकरण गर्दै लगानी गरी सोबाट आर्जन भएको मुनाफा सम्बन्धित इकाई धनीहरुलाई वितरण गर्नु रहेको एनआईसी एसियाले जनाएको छ । सर्वसाधारणबाट संकलित रकम धितोपत्रको दोस्रो बजार तथा नियमावलीले तोकेको अन्य क्षेत्रहरुमा लगानी गरि हरेक वर्ष इकाई धनीहरुलाई उच्च प्रतिफल दिने बैंकले प्रतिबद्धता जनाएको छ ।

एनआईसी एसियाले केयर रेटिङ्ग नेपाल लि. ल्वो क्रेडिट रिक्स (एलसीआर) बाट ग्रेडिङ्ग प्राप्त गरेको छ भने कोष व्यवस्थापक एन आईसी एशिया क्यापिटल लि।ले ईक्रा नेपालको स्वीकृती समेत प्राप्त गरिसकेको छ । पहिलोपटक म्युचुअल फण्ड निष्काशन गरेको एनआईसी एसियाले हाल एनआईसी एसिया क्यापिटल लि।ले शेयर रजिष्टार, निष्काशन तथा बिक्री प्रबन्ध, हेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here