गोरखामा १६ किलो सुन बरामद

192

काठमाडौं / गोरखाको धार्चेमा रहेको ओडारमा लुकाइराखेको १६ किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ । गोरखाका धनकुमार गुरुङ पक्राउ परेका हुन् । प्रहरी स्रोतका अनुसार बरामद भएको सुन चीनबाट तस्करी गरेर ल्याइएको हो ।

प्रहरीका अनुसार गुरुङ खच्चड व्यवसायी हुन् । अनुसन्धानका क्रममा उनले नै लुकाएर राखेको १६ किलो सुन ओडारमा फेला पार्न प्रहरी सफल भएको गण्डकी प्रदेशका डीआईजी विनोद शर्मा घिमिरेले जनाए ।

घिमिरेका अनुसार गुरुङले २० दिनअघि आफ्नो सात लाख रुपैयाँ लुटिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । घिमिरेले भने, “हामीलाई उनको व्यवहारमा शंका लागिरहेको थियो । त्यहीबीचमा पैसा नभएर सुन हराएको हो भन्ने सूचना पायौं । प्रहरीले आधा दर्जन टोली परिचालन गर्यो र आज ओडारमा सुन भेटियो ।” गुरुङले तस्करी गरेर ल्याएको सुन कुनै गिरोहको हुन सक्ने प्रहरीको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here