विप्लवका केन्द्रिय सदस्य बसन्त श्रेष्ठ जेल चलान

172

बुटवल– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य वसन्त श्रेष्ठ जेल चलान भएका छन् ।

पूर्वी ताम्सालिङ्ग इन्चार्ज समेत रहेका श्रेष्ठलाई रुपन्देही जिल्ला अदालतले ४ हजार धरौटीमा छाड्ने आदेश दिए पनि सो धरौटी रकम नबुझाएका कारण अदालतले श्रेष्ठलाई आज कारागार चलान गरेको हो ।

श्रेष्ठलाई सोमबार काभ्रेमा पक्राउ गरिएको थियो । काभ्रे जिल्ला अदालतबाट धरौटीमा रिहाई भएलगत्तै पुनः गिरफ्तार गरि रुपन्देही ल्याएको हो । विस्फोटक पदार्थ मुद्धामा बुधबार भएको थुनछेक बहसपछि रुपन्देही जिल्ला अदालतका न्यायाधीश भिमलाल बेल्वासेको इजलासले श्रेष्ठलाई ४ हजार धरौटीमा छाड्ने आदेश दिएको र धरौटी रकम नबुझाएपछि जेल चलान गरिएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले श्रेष्ठलाई गत बर्ष बुटवल फुलबारीस्थित भारतीय भूतपूर्व सैनिक पेन्सन क्याम्प लगायतका क्षेत्रमा भएका विस्फोटका घटनामा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको जनाए ।

गत जेठ १० गते ललितपुर जिल्ला अदालतको आदेशमा रिहा भएका नेता श्रेष्ठलाई प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरि काभ्रे पु¥याएको थियो । जिल्ला प्रहरी कार्यलय काभ्रेको हिरासतमा रहेका श्रेष्ठमाथि मुद्दा चलाएपछि अदालतले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

नेता श्रेष्ठलाई प्रहरीले गत चैत्र ८ गते काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र डाँडापारीको खानीखोलाबाट पार्टीका स्थाई समिति सदस्य हेमन्तप्रकाश ओली (सुदर्शन)सँगै गिरफ्तार गरेको विप्लव निकट जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here