स्वास्थ्यकर्मी रावललाई आर्थिक सहयोग

169

काठमाडौं / त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कलेजो प्रत्यारोपण गराइ उपचारत स्वास्थ्यकर्मी दीपेन्द्रसिंह रावलको परिवारलाई एक लाख ३४ आर्थिक सहयोग गरिएको छ। शिक्षण अस्पताल एक हप्ता अघि कलेजको प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीको नेतृत्वमा दोस्रो पटक सफलता पूर्वक कलेजो प्रत्यारोपण गरिएको थियो। ४४ वर्षिय रावललाई उनका अनुसार बिरामीलाई २८ वर्षिय आफन्तले कलेजको दान गरेका थिए। हाल उनको शिक्षण अस्पतालकै सघन उपचार कक्षमा उपचार भइरहेको छ।

संकलन गरिएको रकम विहिवार परिवारका सदस्यलाई हस्तान्रण गरिएको स्वास्थ्य सेवा विभागमा कार्यरत स्वास्थ्यकर्मी दीपक भट्टले जानकारी दिए। कन्चनपुर निवासी रावल दुई दशक दशक देखि स्वास्थ्य सेवामा कार्यरत भेक्टर कन्ट्रोल अधिकृतका रुपमा कार्यरत छन्।

उनलाई सहयोग गर्न चाहने व्यक्तिहरुले बैंक अफ काठमाडौंमा रहेको खाता नं । ०३३००००००३१६५२४ आर्थिक सहयोग गर्न सकिने पनि भट्टले जानकारी दिए । रावलको यो शल्यक्रियाका लागि भारतको फोर्टिज अस्पतालका डा. विवेक भिजको नेतृत्वमा टोली नेपाल आएको थियो। उनीहरुकै सहयोगमा कलेजो प्रत्यारोपण गरिएको थियो। उनले यसअघि अस्पतालमा गत जेठ १७ गते पहिलो पटक कलेजको प्रत्यारोपण भएको थियो। ५८ वर्षीय बुबालाई ३३ वर्षीय छोरीले कलेजो प्रदान गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here