काठमाडौं– पारस खड्काको कप्तानी पारीसँगै टी–२० विश्वकप छनोटको खेलमा नेपालले कुवेतलाई ७ विकेटले हराएको छ ।
इन्डियन एसोसियसन क्रिकेट मैदानमा कुवेतले नेपाललाई १४२ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य नेपालले १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
कप्तान पारस खड्काले ६८ रनको शानदार पारी खेले । ४२ बल सामना गरेका उनले ११ चौका र १ छक्काको सहयोगमा ६८ रन योगदान गरे । यसैगरी शरद भेषावकरले ३८ र उपकप्तान ज्ञानेन्द्र मल्लले १९ रन योगदान गरे ।
बलिङतर्फ कुवेतका कप्तान मोहम्मद कासिफले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो । कुवेतका लागि मोहम्मद कासिफले सर्वाधिक ४९ रन बनाए ।
नेपालका सन्दीप लामिछाने र बसन्त रेग्मीले समान ३–३ विकेट लिए । करण केसीले २ र अविनाश बोहराले १ विकेट लिए ।

















