प्रधानसेनापतिले रअ प्रमुखलाई भेटेको भन्ने समाचारप्रति सेनाको ध्यानाकर्षण

146

काठमाडौ, नेपाली सेनाले केही दिन अघी नेपाल भ्रमणमा आएका भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । सेनाले रातोपाटी अनलाईन र थाहाखबरमा प्रधानसेनापतिलाई जोडेर समाचार लेखेको भन्दै यसप्रति ध्यानकर्ष भएको जनाएको हो । उक्त समाचारहरु सरासर झुटो, मनगढन्ते एवं सुनियोजित भएको तथ्य अवगत गराउदै प्रकाशित समाचारहरु प्रति नेपाली सेनाको गम्भीर आपत्ति रहेको सेनाले जारी गरेको विज्ञप्तिमा जारी गरिएको छ । यसले नेपाली सेनाको छवीमै आँच
पुर्याउन सक्ने तथा आमजनमानसमा सेना प्रतिको आस्था तथा विश्वासमा समेत ठेस पुग्न सक्ने भन्दै सेनाले यस प्रकारको संवेदनशील विषयमा समेत यस संस्थाको आधिकारिक निकायसँग सूचनाको विश्वसनीयता प्रमाणित नगराई सस्तो लोकप्रियताको लागि कपोलकल्पित समाचार सम्प्रेषण भएको आरोप लगाएको छ ।
राष्ट्रकै संवेदनशील संस्थाको तेजोवध गर्नकै लागि गलत नियतसहित प्रकाशित सामग्री प्रति नेपाली सेना खेद प्रकट गर्दछ । आमजनमानसमा गलत सन्देश जाने तथा दिग्भ्रमित पार्ने पूर्वाग्रही सामग्रीहरुले आगामी दिनहरुमा स्थान पाउँदै जाने हो भने यस प्रकारका कार्यले राष्ट्र प्रति समर्पित समग्र नेपाली मिडिया जगतको बिश्वसनियतामा ह्रास आउन सक्छ । सेनाको विज्ञप्तिमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here