काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज (सोमबार) प्रकाशन गर्ने भएको छ। बोर्डले सबै विषयको नतिजा आजै प्रकाशन गर्ने तयारी गरेको हो।
माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा, कक्षा १२ को नतिजा आज साँझसम्म आइसक्ने परीक्षा बोर्डले जनाएको छ। नतिजा प्रकाशनका लागि सोमबार बेलुका ५ बजे बोर्ड बैठक बोलाइएको छ।
प्राविधिकसहितको उपस्थितिमा आइतबार नतिजाको सुद्धता परीक्षण गरिएको थियो। परीक्षणमा गल्ती नभेटिएकाले आज नतिजा प्रकाशन गर्ने तयारी गरिएको हो।


















