कारागारमा कैदीहरुको ग्यांगफाइट, ५२ जनाको ज्यान गयो

75

एजेन्सी– ब्राजिलको पारा राज्यस्थित अल्टामीरा कारागारमा दुई कैदी समूहबीच भिडन्त हुँदा ५२ जना कैदीबन्दीको मृत्यु भएको छ । त्यहाँ रहेका एउटा ब्लकका कैदीको समूहले अर्को ब्लकका कैदीको समूहलाई आक्रमण गरेपछि भिडन्त भएको हो ।

सोमबार भएको उक्त भिडन्त पाँच घण्टासम्म चलेको थियो । जेलमा रहेका जेलरहरुलाई नियन्त्रणमा लिएर उनीहरुबीच आपसमा आक्रमण भएको थियो । स्थानिय मिडियाहरुलाई स्रोत बनाउँदै बीबीसीले लेखे अनुसार सुरुवातमा १६ जनाको टाउको काटिएको थियो । त्यसपछि जेलमा आगो लगाइएको थियो धुवाँले निसास्सिएर बाँकीको मृत्यु भएको थियो ।

उक्त जेलमा २०० जनाको क्षमता रहे पनि ३०९ जना कैदी राखिएका थिए । त्यहाँका जेलमा करिब ७ लाख कैदी छन् । ब्राजिलको जेलमा बेला बेलामा दंगा र भिडन्त भइरहन्छ । यसै वर्षको मे महिनामा मानाउस जेलमा दंगा हुँदा ४० जना मारिएका थिए । सन् २०१७ को जनवरीमा १३० जना कैदी मारिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here