सेल पे सेवा शुभारम्भ, यसरी गर्नुस् भुक्तानी र रकम स्थानान्तरण

200

काठमाडौँ- विद्युतीय भुक्तानी प्रणालीमा सेलकम प्राइभेट लिमेटेडले ‘सेल-पे’मार्फत् सेवा सुरु गरेको छ।

कम्पनी सेलकम प्राइभेट लिमेटेडले नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर सेल-पे सञ्चालनमा ल्याएको हो।

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले मंगलबार राजधानीमा आयोजित एक समारोहका बीच उक्त सेल(पेको ‍औपचारिक उद्घाटन गरेका हुन्।

नेपालमा ई-सेवा, प्रभु-पे, आइएमी-पे, खल्तीलगायतका कम्पनीले विद्युतीय कारोबारको सेवा प्रदान गरिरहेका बेला सेल-पे पनि थपिएको कम्पनीका अध्यक्ष व्यवसायी दीपक मल्होत्राले जनाए।

सेल पेमा विभिन्न दुरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महसुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेन्ट, सिनेमा हलमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पिटुपी, पिटुबी, पिटुजी, बिटुपी, बिटुबी, बिटुजी आदि सेवा लिन सकिनेछ।

यसका साथै सेल पे ले बिक्रेताहरुको हकमा आफ्नो ब्यवसाय सेलपेमा आवद्ध गरी ग्राहकले सेलपे मार्फत गरेको भुक्तानी रकम तुरुन्तै आफ्नो बैंक खातामा प्राप्त गर्न सकिने जनाइएको छ।

यसका यस्ता सेल पे चलाउनेहरुले सेल वालेट, बैंक खाताहरु आवद्ध, सेलपे लोयल्टी, कारोवारहरु गर्न सकिने जनाएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here