मानव अधिकार तथा शान्ति समाज काठमाडौंमा निर्विरोध कार्यसमिति चयन

510

काठमाडौं / मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । समाजको को २२औ वार्षिक साधारण सभाले जगन्नाथ पुडासैनीको सभापतित्वमा निर्विरोध कार्यसमिति चयन गरेको हो ।

पुडासैनीको सभापतित्वमा नानाकाजी उपसभापति ,इश्वर पुडासैनी सचिव, इश्वरा लिंदेन सह-सचिव, दुर्गा रानामगर,कोषाध्यक्ष र सदस्यहरुमा राम सुधार महतो, रमेश प्रसाद वराल, उमा गोतामे, प्रिति रमण, विकास थापा, रमेश कुमार वराल, तारा रसाइली, दिवाकर पुडासैनी, सुरज कुमार वोहरा र भगवान पुडासैनी रहेको जनाइएको छ ।

कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका युवा नेता गगन थापा रहनुभएको थियो । प्रीति रमण लगायतका आजीवन सदस्यहरु प्रमुख अतिथि थापाद्वारा सम्मानित गरिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here