सागका लागि कुमुतेको पहिलो चरणमा २४ खेलाडी छानिए

115

काठमाडौं / नेपाल कराते महासंघले १३ औँ सागका लागि कराते टिम कुमुतेतर्फ पहिलो चरणमा १४ पुरुष र १० महिला गरी २४ खेलाडी छनोट गरेको छ । सातदोवाटोस्थित कराते कभर्डहलमा भएको पहिलो चरण छनोटमा पुरुषतर्फ बिनोश शाक्य, लेखनाथ मैनाली, सुमन श्रेष्ठ, मुकुन्द्र महर्जन, बिनोद महर्जन, राजेन्द्र कार्की, राम लिम्बु, आशिष थापा, डिगम्बर पन्त, विजय लामा, विप्लब श्रेष्ठ, शेखर श्रेष्ठ, सुशिल पौड्याल र विरबहादुर रनेनी रहेका छन् ।

त्यसैगरी महिला खेलाडीतर्फ विभुषा थापा, अमृता शाक्य, सुनिता महर्जन, कृपा शेर्पा, सुष्मिता वाईवा, रोजिता ढुंगेल, बिनिता श्रेष्ठ, पुजा पुलामी मगर, जिन सुब्बा र सरिता श्रेष्ठ छनोट हुन सफल भएको राष्ट्रिय रेफ्रि संयोजक राजेन्द्र कपालीले जानकारी दिएका छन् ।

पुराना तथा साग पदकधारी खेलाडीहरु अमृता शाक्य, बिनोद शाक्य, बिनोद महर्जन र राम लिम्बुले टिममा पुनरागमन गरेका छन् । करातेको टिम कुमुतेमा पुरुष तर्फ ७ र महिला तर्फ ५ खेलाडीहरुको सहभागिता रहने छ । पहिलो चरणमा पुरुष तर्फ ३५ खेलाडीमा २९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ६ खेलाडी तौल नमिलेका कारण प्रतिस्पर्धा गर्न बाट बन्चित भए । यस्तै महिला तर्फ १० खेलाडी छनोट गर्नु पर्नेमा १२ खेलाडीमा २ खेलाडी तौलका कारण प्रतिस्पर्धाबाट बाहिरे पश्चात १० खेलाडीमात्र रहेकाले पहिलो चरणको लागि स्वतः छनोट हुन सफल भएको रेफ्रि संयोजक कपालीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here