उपचारको क्रममा कैदीको मृत्यु

102

ललितपुर / ललितपुरस्थित नख्खु कारागारमा २०७३ पुस २३ गतेदेखि रहेका कर्तब्य ज्यान मुद्धाका कैदी बर्दिया बासगढि-७ स्थाई वतन भएका ३४ वर्षीय पूर्ण बहादुर राजीको उपचारको क्रममा मृत्यु भएको छ ।

सोही कारागारमा रहेका कर्तब्य ज्यान मुद्धाका कैदी ४५ वर्षीय पवन कुमार महत्तोले शुक्रबार दिउँसो अचानक इँटाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका राजीलाई तत्काल उपचारको लागि वीर अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here