जनता सामु गरेका प्रतिबद्धता पूरा गर्दै गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी

403

दार्चुला  / दार्चुला जिल्लाकै नमुना गाउँपालिका नौगाडका अध्यक्ष प्रेम सिंह धामीले जनता सामु गरेका प्रतिबद्धता पूरा गर्दैछन् । चुनावी सभामा गरेका प्रतिबद्धता अध्यक्ष धामीले पुरा जनताका मागलाई प्राथमिकता दिँदै जनहितका काम गरिरहेका छन् । जनतामाझ सेवासुविधा उपलब्ध गराउने घोषणा गर्नुभएका अध्यक्ष धामी त्यसलाई पूरा गर्ने अभियानमा जुट्नुभएको छ ।

सुण्डमुण्डुमा जनताले नेतृत्व गर्न दिएमा पहिलो आर्थिक बर्ष भित्र गाडी पु¥याउने प्रतिबद्धता जाहेर गरेका अध्यक्ष धामीले जनताले चुनाव जिताएको करिब ७/८ महिना भित्र गाडी पु¥याएर बोलेको पहिलो बाचा पूरा गरे।

नौगाड गा.पा.मा सिटामोल उपलब्ध गराउन प्रत्येक वार्डमा सामुदायिक स्वास्थ चौकी निर्माण गरेर त्यहाँका जनतालाइ सिटामोल उपलब्ध गराएर सिप्टिमा बोलेको पूरा गरे।

लक्सेरिमा ५ बर्ष भित्र स्याउ लगाएर अन्य गा.पा.लाई बेच्ने लक्ष्य लाई पूरा गर्न ५००० बिरुवा रोपेर बोलेको पूरा गरेका अध्यक्ष धामीले धुलिगाडामा धेरै टाढा बाट अध्यन गर्न आउने विद्यार्थीलाई भाडामा बस्नु प्रबृत्तिलाई अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए । त्यहाँ पनि उनले अहिले निर्माणधिन १४कोठाको छात्रावास निर्माण गरेर जनता सामु बोलेको पूरा गर्दैछन् ।

नौगाड गा.पा . भित्रका विद्यालयलाई टिनको छानो मुक्त गर्ने प्रतिबद्धता जनाएका अध्यक्ष धामीले ३८ वटा नयाँ पक्की भवन निर्माण गरेका छन् । भगौलिक हिसाबले वार्ड नम्बर १ सबै भन्दा दुर्गम भएकोले २ वटा स्वास्थ चौकी निर्माण सम्पन्न गरी चौबीस घण्टा सुचारु हुने गरी वर्थिङ सेन्टर स्थापना सेवा सुचारु गरेका छन् ।

नौगाड गा.पा. भित्र ४ वटा ल्याब सेवा सुचारु गरेका छन् । सिफ्टि, धुलिगाडा,खार,एयरकोट लगायत ठाँउमा ल्याब सेवा सुचारु गरेका हुन् ।

जात्ररा लक्सेरीको गरिवि निवारणले निर्माण गरेको लघु जलविद्युत २०७५ सालको बाढिले बगाएको र गा.पाको सहयोगमा २३ लाख मर्मत गरि पुनः बिजुलि बत्ति जनताको घर घरमा जडान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here