बाग्लुङ / अविरल वर्षातको कारण बागलुङको तमानखोला गाउँपालिका-४ लाममेला शिवपुरीमा आइतबार राति आएको पहिरोमा पुरीएर ३ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेहरुमा बागलुङ तमानखोला गाउँपालिका-४ लाममेला शिवपुरी बस्नेहरु ४५ वर्षीय पन्च कुमारी श्रीपाली, ७० वर्षीया असरी श्रिपाली र १२ वर्षीय प्रविण श्रीपाली रहेका छन् । पहिरोमा परी घाइते भएका अन्य ७ जनालाई प्रहरीले स्थानियको सहयोगमा उद्दार गरी उपचारको लागि सामुदायिक स्वास्थ्य केन्द्र लाममेला बाग्लुङमा पठाएको छ ।
उक्त पहिरोबाट ७ वटा घरमा क्षति पुगेको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ तत्कालै खटिएको प्रहरीले तदारुकताकासाथ आवश्यक उद्दार कार्य गरिरहेको छ ।


















