गुल्मीमा जिप दुर्घटना, १ को मृत्यु, ४ घाइते

240

गुल्मी– शुक्रबार साँझ गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

गुल्मीदरबार गाउँपालिका गौडाकोटमा रिडीदेखि तम्घास आउँदै गरेको लु २ च ५४७५ नं को जिप दुर्घटना भएको हो ।

दुर्घटनामा छत्रदेव गाउँपालिका ४ निवासी ४८ वर्षीय चालक हरिप्रसाद पाण्डेयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा रेसुंगा नगरपालिकाका दीपक विक, शेरबहादुर विक र बोजेन्द्र तथा अर्घाखाँची घर भएका कृष्ण पाण्डेय घाइते छन् । उनीहरुलाई उपचारका लागि पाल्पा पठाइएको छ ।

दुर्घटनामा परेको जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here