प्रचण्डले किन झुठो बोले ?

134

काठमाडौ, नेकपाका अध्यक्ष एवं तत्कालीन सशस्त्र युद्धका कमाण्डर पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार काठमाडौमा आयोजित एक कार्यक्रममा आफ्नो तेतृत्वमा १० वर्षे जनयुद्ध भएपनि आफूले कसैलाई एक लपेटा नहानेको र कसैले आफूलाई पनि एक लपेटा नहानेको दाबी गरे । आफू सानै देखि निकै सोझो र इमान्दार भएको बताएका उनले युद्धको बेला एउटा सानो हिंसा पनि नगरेको बताए । हिंसाको नेतृत्व उनैले गरेकाले व्यक्तिगत रुपमा हिंसा गरे वा गरेनन भन्दा पनि उनी हिंसाका पक्षपाती हुन भन्ने कुरा देखाउँछ । अर्काे तर्फ उनले आफूलाई कसैले एक लपेटा पनि नहानेको दाबी गरे जबकी उनलाई २०६९ साल मंसिरमा भृकुटी मण्डपमा आयोजित पार्टीको कार्यक्रममा एक पूर्व कार्यकर्ताले लपेटा हानेका थिए । उनलाई उनकै पूर्व कार्यकर्ता पदम कुवरले मञ्चमै पुगेर झापड हानेका थिए । उनै कुवर पछि निर्वाचनका बेला काठमाडौको किर्तिपुरबाट प्रचण्डका विरुद्ध निर्वाचन समेत लडेका थिए । यसरी प्रचण्डले सार्वजनिक रुपमा आफूले झापड खाएको कुरालाई बिर्सिएर झापड नखाएको भन्दै झुठो बोलेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here