माघ १४ र १५ गते मेडिकलकाे लाइसेन्स परीक्षा हुने

68

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले आगामी माघ १४ र १५ गते विशेषज्ञ चिकित्सकका लागि लाइसेन्स परीक्षा लिने भएको छ।

काउन्सिलले परीक्षामा सहभागी हुने इच्छुक परीक्षार्थीका लागि आगामी आइतबारदेखि एक महिनासम्म अनलाइन फारम खुल्ने र सो फारम भर्न सूचना जारी गरेको छ।

‘आगामी २६ मंसिर देखि २६ पुससम्म नियमित रुपमा फारम भर्न सकिन्छ। २७ र २८ पुसमा विलम्ब शुल्क तिरेर फारम भर्न सकिने काउन्सिलले जनाएको छ।

परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा कम्प्युटर विधिबाट हुने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here