जनसांस्कृतिक महासंघका महासचिव खेम थपलिया गिरफ्तारीको सर्वत्र बिरोध

263

काठमाडौं– प्रहरीले लेखक तथा पत्रकार खेम थपलियालाई शनिबार राजधानीबाट पक्राउ गरेको छ।

उनलाई बागबजारस्थित प्रगतिशील लेखक संघको कार्यालय नजिकै रहेको जलजला मासिकको कार्यालयबाट प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले उनको कार्यालयमा रहेका कम्प्युटर र कागजातसमेत लगेको छ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव थपलियाले यसै संगठनका अध्यक्ष माइला लामा पक्राउ परेपछि संगठनका तर्फबाट सरकारविरुद्ध विज्ञप्ति जारी गरेका थिए। थपलियाको गिरफ्तारी विरुद्ध सामाजिक सन्जालमा सर्वत्र विरोध भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here