अवैध लागूऔषध सहित पक्राउ

593

काठमाडौं / काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट अवैध लागूऔषध ब्राउनसुगर ३.४६ ग्राम सहित झापा मेचीनगर नगरपालिका-१० दनुवार बस्ती बस्ने २२ वर्षीय अजय दनुवारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको मे.१ ख २०९९ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सिराहा नगरपालिका-१७ स्थित बसपार्कबाट सिराहा कर्जन्हा नगरपालिका-८ बस्ने २० वर्षीय बिनय पासवानलाई नियन्त्रित लागूऔषध नाईट्रोभेट ट्याबलेट १ सय ५० पिस सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका पासवानलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here