मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको घोषणा

157

काठमाडौं / मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम एफसीसँग मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । आज अखिल नेपाल फुटबल संघ (एन्फा) ले मलेसियाको लिग च्याम्पियन क्लब सँगको मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्सीय टोलीको घोषणा गरेको हो ।

नेपालले डारुल टाजिम एफसीसँग आगामी भदौ ९ गते मैत्रीपूर्ण खेल खेल्ने पक्का गरेको छ । खेल डारुल टाजिमको मैदानमा हुने भएको छ । नेपाली टोलीका कप्तान बिराज महर्जन, किरण चेम्जोङ र रोहित चन्दले टिममा स्थान बनाएका छैनन् ।

नेपाली टोलीकाे गोलकिपरमा  विकेश कुथु, एलन न्यौपाने, विशाल श्रेष्ठ रहेका छन् भने डिफेन्डरमा  सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र सुबेदी, रजिन धिमाल, सुमन अर्यालका साथैं मिडफिल्डरमा  सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई
स्ट्राइकरमा  विमल घर्तिमगर, विमल राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ समावेश भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here