दोरम्बामा मारिएका महान २१ शहीदको स्मृतिमा शालिक स्थापना

293

रामेछाप– दोरम्बा हत्याकाण्डको घटनाले चर्चित दोरम्बा गाउँपालिकाको डाडाँकटेरीमा दश वर्षे जनयुद्धको समयमा शहीद भएका २१ शहीदको स्मृतिमा शालिक स्थापना गरिएको छ ।

प्रदेश ३ सरकारको २० लाख रुपैयाँ आर्थिक सहयोगमा दोरम्बा गाउँपालिकाले शालिक स्थापना गरेको गाउँपालिका अध्यक्ष कमानसिंह तामाङले जनाए ।

२०६० साल साउन ३२ गते तत्कालिन शाही नेपाली सेनाले दोरम्बामा बैठक बसिरहेको घरलाई कब्जामा लिएर तत्कालिन माओवादी रामेछापका जिल्ला जनसरकार प्रमुख बाबुराम तामाङ सहित २१ जनाको सामुहिक हत्या गरेको थियो ।

दोरम्बा घटनामा सहदत गर्ने अरु वीर योद्धाहरुमा क.अम्बीका दाहाल (ललिता), क. प्रदिप दोङ (रक्तिम), क. उमा कार्की (सहारा), क. ठुलाराम तामाङ (छोप्पा), क. युवराज माक्तान, क. लिला मोक्तान, क. चतुरमान थामी, क. सोमाइ थामी (संगीता), क. टेकबहादुर थापामगर (रक्तिम), क. बिष्णु थापामगर (विमा), क. श्याम तामाङ (इन्क्लाव), क.हर्क घिसीङ (यर्थार्थ), क. रवि चौहान (समीर), क. उषा, क. हर्कलक्ष्मी राई विमला), क. लषुमन तामाङ र क. जमिन लगायत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here