पशु अधिकारकर्मीको अपिल लामखुट्टे नमारौं, रगत चुस्न दिऔं

207

एजेन्सी / नेपालमा मलेरिया, डेंगुजस्ता विभिन्न प्राणघातक रोग सार्ने परजीवी लामखुट्टे नियन्त्रण तथा रोकथामका लागि अनेक उपाय अपनाउने गरिएको छ । विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार सन् २०१७ मा मात्रै विश्वमा २२ करोड मानिसलाई औलो रोग लाग्यो र ४ लाख ३५ हजार जनाको मृत्यु भयो । मान्छेको ज्यानै लिने यस्तो कारक तत्व बनिरहेको खतरनाक लामखुट्टे हाम्रो ठूलो सत्रु बनिरहेको छ । फ्रान्सका एकजना जनावर अधिकारकर्मीले भने लामखुट्टेको अधिकारका लागि यस्तो अपिल गरेका छन्, जुन सुन्दैमा झनक्क रिस उठ्ने सक्छ ।

पत्रकारसमेत रहेका पशु अधिकारकर्मी आयमेरिक क्यारनले लामखुट्टे नमार्न र लामखुट्टेलाई आफ्नो रगत चुस्न दिनका लागि मानिसहरुसँग अपिल गरेका छन् । मान्छेको रगत चुसेरै लामखुट्टेले आफ्ना बालबच्चाको पालन पोषण गर्नसक्ने भएकाले लामखुट्टेलाई आफ्नो रगत चुस्न दिनुपर्ने तर्क उनको छ ।

एक टेलिभिजनमा जनावर अधिकारका विषयमा दिएको अन्तरवार्तामा उनले सबै जीवहरुप्रति समान व्यवहार गर्नुपर्ने र कुनै पनि जीवलाई मार्न नहुने जनाए । उनका अनुसार जुन लामखुट्टेले मानिसको रगत चुस्दछ, त्यसले वास्तवमा आफ्नो शरीरमा रहेका अण्डा तथा आफ्ना बच्चाको विकासका लागि चाहिने प्रोटिन र अन्य पोषक तत्वका लागि रगत चुसेको हुन्छ । आफ्ना बालबच्चाको भविष्यका लागि आफ्नो ज्यान खतरामा पारेर लामखुट्टे मान्छेको रगत चुस्न आउने गरेको भन्दै उनले लामखुट्टेसँग त्यसको कुनै विकल्प नरहेको जनाए ।

मानिसहरुसँग अपिल गर्दै उनले भने, लामखुट्टेलाई हामी आफैंले रगत चुस्न दिउँ, ताकि उसले आफ्ना बच्चा पाल्न सकोस् । साथै उनले मान्छेले समय समयमा लामखुट्टेका लागि आफ्नो रक्तदान समेत गर्नुपर्ने पनि जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here