काठमाडौं / पुर्व युवराज पारश शाह बेला बेला विवादमा परिरहन्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा ड्युटीमा खटिएका एक प्रहरी नायब निरीक्षकमाथि हातपात भएको छ । पुर्व युवराज पारश शाहले प्रहरी नायब निरीक्षकमाथि हातपात गरेका हुन् ।
आमा कोमल शाहलाई बिदाई गर्न बिमानस्थल पुगेका शाहल आफ्ना छोरा ह्रदयन्द्र शाह र प्रेरणाका छोरामाथि प्रहरीले अपमान गरेको भन्दै पारसले प्रहरीमाथी हातपात गरेका हुन् ।
आफ्ना छोरा र भान्जामाथि प्रहरीले अपमान गरेको देखेपछि पारसले विमानस्थलमा सुरक्षार्थ खटिएका प्रहरी नायव निरिक्षकलाई छातीमा समातेर धकलेका हुन् ।
पर पुगी सकेका पारस फर्की फर्की प्रहरी माथि आइलागेका थिए भने विमानस्थलमा राजसंस्थाका समर्थकहरु राजा आउ देश बचाउ लगायतका नारा लगाएका थिए ।


















