टेन्ट तथा साउण्ड व्यवसायी समिति गठन

252

दाङ / दाङ जिल्ला उद्योग वाणिज्य संघ अन्र्तगत दाङ टेन्ट तथा साउण्ड व्यवसायी समिति गठन गरिएको छ । शनिवार भएको टेन्ट तथा साउण्ड सिस्टम व्यवसायिहरुको भेलाले समिति गठन गरेको हो ।

भेलाले दामोदर गौतमको अध्यक्षतामा ११ सदस्यीय समिति गठन रहेको छ । जसको उपाध्यक्षमा सकिल अहमद सिद्धिकी, सचिवमा मनोज गुप्ता, कोषाध्यक्षमा समिर सिद्धिकी रहेका छन् । समितीका सदस्यहरुमा अव्दुल वाजिद सिद्धिकी, शिवु सिद्धिकी, प्रविणकुमार गुप्ता, रोशनकुमार गुप्ता, प्रदिपकुमार गुप्ता, राजु गुप्ता, ऋषिराम चौधरी रहेका छन् । भेला दामोदर गौतमको अध्यक्षता तथाा दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा वस्तुगत परिचालन समितिका संयोजक वसन्त जोसीको प्रमुख आतिथ्यतामा भएको थियो ।

भेलामा सहभागिहरुले व्यवसायीहरु आफनो हक अधिकारको लागि एकता वद्ध भएर अगाडि वढनु पर्ने जनाएका थिए । व्यवसायिहरु लाइ व्यवसायि गर्ने वातावरण निर्माण गर्नु पर्ने उनीहरुको भनाइ रहेको थियो । भेलाको सहजिकरण मनोज गुप्ताले गरेका थिए ।

यसैविच दाङ जिल्ला उद्योग वाणिज्य संघ र मोवाइल तथा इलेक्ट्रोनिक्स व्यवसायिक संघ विच छलफल गरिएको छ । छलफलमा व्यवसायिहरु लाइ परेका समस्या, समाधानका उपाय, सरकारले ल्याएको नया कर निती, आउदा दिनमा कसरी अगाडि वढने लगाएतका विषयमा छलफल गरिएको छ ।

छलफलमा उद्योग वाणिज्य संघ र व्यवसायिहरुले मिलेर व्यवसायिहरु लाइ पर्ने समस्या समाधान गर्ने अगाडि वढनु पर्ने जनाएका थिए । यसका लागि उद्योग वाणिज्य संघ संग सहकार्य गरेर अगाडि वढन मोवाइल तथा इलेक्ट्रोनिक्स व्यवसायिक संघ सधै तयार रहेको जनाएका थिए ।

कार्यक्रम उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा वस्तुगत परिचालन समितीका संयोजक वसन्त जोसीको अध्यक्षतामा भएको थियो । त्यस अवसरमा संघका वाणिज्य उपाध्यक्ष टंकसिह वुढाथोकी, महासचिव नरेश कार्की , सदस्य धनपती शर्मा, मोवाइल तथा इलेक्ट्रोनिक्स व्यवसायिक संघका अध्यक्ष दीकप पाण्डे, सालिकराज खनाल, भिमसेन गिरी, सालिकराम थापा लगाएतकाले भनाइ राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here