संसारभर बच्चाको नालको ब्लड बैंक यसकारण बढ्याे !

14
Blood cells, bacteria, and virus traveling through a vein. bubble air particle in the water, science biology blood cell and virus microscope view an abstract background concept

काठमाडौं । एउटा रक्तकोशिकाबाट नै हाम्रो शरीरमा ६ पिन्ट अर्थात् ३.४ लिटरसम्म रगत बन्न सक्छ ।

हार्वर्ड स्कुलका प्राध्यापक तथा बोस्टस्थित स्टेम सेल कार्यक्रमका निर्देशक लियोनार्ड जोनका अनुसार हरेक वर्ष स्टेम कोशिका रगतको मद्धतले गरिएका प्रत्यारोपणबाट हजारौंको जीवन बचिरहेको छ ।

शिशुको नाल स्टेम कोशिकाले भरिएको हुन्छ । वैज्ञानिकहरुका अनुसार स्टेम कोशिका रगतबाट राता रक्तकोश र सेता रक्तकोश विकसित गर्न सकिन्छ ।

चिकित्सा विज्ञहरुका अनुसार स्टेम सेल ब्लडको सहयोगबाट विभिन्न खालका रगत सम्बन्धी रोगहरु निको पार्न सकिन्छ । यसलाई प्राणघातक रोगहरुबाट पीडित बिरामीहरुको उपचारमा समेत प्रयोग गर्न सकिन्छ । यसबाट रक्त क्यान्सर, बोनम्यारोको रोग, सिकल सेल एनिमिया, रोग प्रतिरोधी प्रणालीको दुर्बलतका साथै दुर्लभ आनुवांशिक रोगहरु पनि उपचार सम्भव रहेको दाबी विज्ञहरुको छ ।

स्टेम सेल अर्थात् मूल कोशिकाहरुलाई गर्भनाल अर्थात् उम्बिलिकल कर्डबाट एकत्रित गरी लामो अवधिका लागि नाल बैंकमा सुरक्षित राख्न सकिन्छ ।

यद्यपि अहिले विश्वमा गर्भनाल ब्लड बैंकमा स्टेम कोशिकालाई सुरक्षित राख्ने चलन निकै कम छ । तथापि यसमा विस्तारै वृद्धि भैरहेको देखिन्छ ।

सेल ट्रायल डाटाको तथ्यांक अनुसार अमेरिकामा जन्मिने ३ प्रतिशत शिशुका अभिभावकले मात्रै आफ्ना बच्चाको गर्भनाल यसरी सुरक्षित राख्ने गरेका छन् भने बेलायतमा ०.३ प्रतिशत र फ्रान्समा केवल ०.०८ प्रतिशतले मात्र यसो गर्दछन् ।

गर्भनाल भण्डारण तथा सुरक्षणको दर न्यून हुनुको एउटा कारण यसमा लाग्ने खर्च पनि हो । विभिन्न मुलुकहरुमा निजी गर्भनाल ब्लडबैंकहरु ठूलो संख्यामा खुल्दै गएका छन् र उनीहरुले यसका लागि महंगो शुल्क लिन्छन् ।

अमेरिकामा चाहीँ सार्वजनिक गर्भनाल बैंकको संख्यामा पनि तिव्र रुपमा वृद्धि भैरहेको छ ।

रुसको युनिभर्सिटी अफ पिटर्सबर्ग मेडिकल सेन्टरस्थित बाल अस्पतालले दान गरिएका गर्भनाल ब्लड स्टेम कोशिकाबाट ४४ जना बालबालिकाहरुका विभिन्न २० प्रकारका क्यान्सर बाहेक आनुवांशिक रोगहरुको पनि सफल उपचार गरेको छ ।

त्यसमा सिकल सेल एनिमिया, हन्डर सिन्ड्रोम तथा रोग प्रतिरोधी क्षमताको कमी जस्ता समस्या रहेका छन् ।

उक्त शोधले भविष्यका लागि के आशापनि जगाएको छ भने आनुवांशिक ारेगहरुको उपचारमा कुनै अन्य स्टेम कोशिकाको प्रयोग गरेर त्यसलाई निको पार्न सकिन्छ ।

– बीबीसीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here