आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

40

काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० भुटनदेवी रोडस्थित तुल्सि मेयर बोर्डिङ स्कुल तथा नारायणी कलेजको पाचौं तलामा रहेको मिटिङ हलमा करेन्ट सर्ट मंगलबार दिउँसो आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन् ।

संखुवासभा, मकालु गाउँपालिका-४ लौर बस्ने चन्द्रमान राईको कच्ची घरमा मंगलबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । पर्सा, वीरगंज महानगरपालिका-१५ भिष्वा गाउँ बस्ने राहुल रौनियारको रक्सीको गोदाममा करेन्ट सर्ट भई मंगलबार राति आगलागी हुँदा गोदाममा रहेका विभिन्न ब्राण्डको रक्सी जलेर नष्ट भएको छ ।

साथै सोही गोदाम नजिकै पार्किङ गरी राखेको ना.२ च १५५९ नम्बरको पिकअप समेत जलेर क्षति भएको छ । क्षतिको विवरण हाल खुलेको छैन् । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here