तुलसीपुरको कपडा बैंकमा थामि नसक्नु भिड !

265

-शरद रेग्मी
तुलसीपुर /  दाङको तुलसीपुरमा केहिदिन अगाडिदेखि संचालनमा आएको कपडा बैंकमा भिडभाड बढ्न थालेको छ । कपडाको पहुँचवाट बञ्चित भएकाहरुलाई मध्यनजर गरी मंगलवारदेखि तुलसीपुर बसपार्कमा सहायता केन्द्र अर्थात कपडा बैंक संचालन भएको थियो ।

सहायता केन्द्रका अध्यक्ष भिमसेन लहरेले दैनिकजसो कपडा लैजानेकरुको भिडभाड हुन सुरु भएको जनाउनुभएको छ ।
बिहिबार सम्म झण्डै चार सय जनाले कपडा बैंकमा आएर विभिन्न किसिमका कपडाहरु लगेको अर्का सञ्चालक हरि केसिले जानकारी दिनुभयो ।

यता आज कपडा वितरण गर्न बसपार्क पुग्नुभएका तुलसिपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतले समाज सेवाको गत्तिलो उदाहरण सहायता केन्द्र भएको जनाउनुभयो । युवा ब्यबसायिहरुको उदाहरणीय काम देखेर आफुले यसक्षेत्रमा नयाँ अभियानको सुरुभएको अनुभुती गरेको उहाँले जनाउनुभयो । उहाँले आफुले समेत सहयोग गर्न तयार रहेको जनाउनुभयो ।

उहाँले देशका विभिन्न ठाँउहरुमा नि:शुल्क कपडा वितरणका लागि कपडा बैंक सञ्चालन भएको सन्दर्भमा तुलसिपुरमा पनि यस्को अति आवश्यक रहेको औल्याउनुभयो । उहाँले यो सधैंभरी सञ्चालन हुन जरुरी रहेको जनाउनुभयो । उहाँले समुदायलाई केही न केही सहयोग पुगोस् भन्ने उदेश्यका साथ सुरु गरिएको यो अभियानमा सबैले सहयोग गरी निरन्तरता दिनु पर्ने जनाउनुभयो ।

त्यसैगरी कार्यक्रममा यातायात ब्यवसायी महासंघका केन्द्रीय सल्लाकार तथा त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालीका अध्यक्ष सुरेश हमालले यातायात व्यवसायी,कर्मचारी र मजदुरले मिलेर कपडा साहेता केन्द्र संचालनमा ल्याएको जनाउनुभयो ।

उहाँले गरिव दुःखीलाई आफ्नो नाङ्गो शरिर छोप्नको लागि सहायता केन्द्र सहयोगी बन्ने समेत जनाउनुभयो । त्यसैगरी सित्तैमा कपडा पाउँदा खुशी नागरिकहरु खुशी भएका छन । छानिछानि सित्तैमा कपडा लैजान पाएकोमा यसक्षेत्रका नागरिकहरुले खुसी व्यक्त गरेका छन ।

यसैबीच तुलसिपुर कपडा बैकका सञ्चालक एव यातायात व्यवसायि प्रकाश भट्टले नगरबासिहरुमा सहयोगको अपिल गर्नुभएको छ । उहाले घरमा भएका सरफा, राम्रा र प्रयोगमा नआएका कपडाहरु सहायता केन्द्रमा ल्याईदिन समेत आग्रह गर्नुभएको छ ।

यहाँले एक जनालाई एक जोर कपडा रोजेर निशुल्क दिने ब्यबस्था मिलाएको समेत जानकारी दिनुभयो । हाल अस्थायीरुपमा नयाँ बसपार्कको गेटमा सहायता केन्द्र सञ्चालनमा ल्याएपनि केही दिनमा सटर कोठा बाट सो अभियान सञ्चालन गर्ने योजना रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here