७९ करोड बक्यौता नतिरेको सुमार्गीको हेलो नेपाललाई १५ दिने अल्टिमेटम

129

काठमाडौं / दूरसञ्चार प्राधिकरणको सञ्चालक समितिको बैठकले नेपाल स्याटेलाइट टेलिकम प्रा.लि (हेलो नेपाल)लाई फ्रिक्वेन्सी दस्तुरको बक्यौता बुझाउन १५ दिने अल्टिमेटम दिएको छ।

हेलो नेपालले ७९ करोड ९२ लाख २७ हजार रुपैयाँ बुझाउन बाँकी छ । रोयल्टी नबुझाए लाइसेन्स स्वतः रद्द हुने दूरसञ्चार ऐन, २०५३ को दफा २८ को उपदफा ३मा व्यवस्था छ । बक्यौतामध्ये सात करोड रुपैयाँ १५ दिनभित्र भुक्तानी गर्न अल्टिमेटम दिँदै प्राधिकरणले बाँकी रकम तिर्न तीन महिनाको समय दिएको छ।

हेलो नेपालमा व्यवसायी अजेयराज सुमार्गीसमेतको लगानी रहेको छ ।

तत्काल तोकिएको बक्यौता नबुझाए लाइसेन्स स्वतः खारेज हुने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए।

‘१७ साउनमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले हेलो नेपाललाई बक्यौता रकम तिर्न १५ दिन र तीन महिनाको अल्टिमेटम दिएको छ,’ उनले भने, ‘पहिलो १५ दिनमा सात करोड रुपैयाँ र त्यसपछिको तीन महिनाभित्र बक्यौता तिर्न निर्देशन दिएका छौँ ।’ नयाँ पत्रिकामा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here