मतदान सुरु हुनुभन्दा ७२ घण्टाअघि छिमेकी मुलुकका सीमा सिल गरिने

151
jL/uGh gfsf aGb g]kfn / ef/tsf clwsf/Lx?sf] ;xdtLdf &@ 306fsf nflu jL/uGh gfsf aGb ePkl5 d+unaf/ gfsfsf] lgu/fgL ub}{ ;'/IffsdL{ . ;f]daf/ /ftL !@ ah]b]lv aGb ul/Psf] jL/uGh gfsf d+l;/ @! ut]sf] r'gfj ;DkGg ePkl5 vf]lng] lhNnf k|zf;g sfof{no k;f{n] hgfPsf] 5 . tl:a/ M laho s'df/ dxtf], k;f{, /f;;

काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षा थप मजबुत बनाउन मतदान सुरु हुनुभन्दा ७२ घण्टाअघि छिमेकी मुलुकका सीमा सिल गरिने भएको छ। भारत र चीनसँग जोडिएका सिमाना मतदान सुरु हुनुभन्दा तीन दिनअघि सिल गरिने सशस्त्र प्रहरी बलले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता पुरुषोत्तम थापाले निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी आवतजावत पूर्ण रूपमा बन्द गरिने जानकारी दिनुभयो ।

भारतसँग जोडिएको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीका दुई सय र चीनसँगको सिमाना सुरक्षाका लागि आठवटा ‘बोर्डर आउट पोस्ट’ (बीओपी) स्थापना गरिएको छ। सीमा क्षेत्रको सुरक्षा मजबुतीका लागि केन्द्रबाट थप सुरक्षाकर्मी पठाइएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ। आजको गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here