कृषि मन्त्री यादवका सय दिनको काम सार्वजनिक

89

काठमाडाैं । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कृषिमन्त्री भएर सय दिनमा कृषि क्षेत्रमा गरेका कामबारे सार्वजनिक गरेका हुन्।

सय दिनको काम सार्वजनिक कार्यक्रममा कृषिमन्त्री यादवले मन्त्री भएको सय दिनमा अघिल्लो सरकारको तुलनामा राम्रो काम गरेको जनाए । उनले किसानले बाली लगाउने बेलामा बीउको समस्या समाधान गर्ने काम गरेको जनाए ।

मन्त्री यादवले किसानले गहुँ लगाउने समयमा ५ सय क्विन्टल बीउ नपाएको अवस्थामा सरकारले समयमै बीउ उपलब्ध गराउने काम गरेको बताए। उनले धानको उत्पादन र उत्पादन क्षेत्र वृद्धि गर्नु सरकारको दायित्व भएकाले त्यसका लागि काम गरिरहेको जानकारी गराए ।

नयाँ सरकार गठनपछि मल खोज्ने किसानलाई खाली हात नपठाएको दाबी गरे। उनले सरकारसँग अहिले पनि गोदाममा मल मौज्दात रहेको जानकारी दिए। उनले अब सरकारले किसानको बैंक खाता तथा हात–हातमा अनुदान रकम पुर्‍याउने प्रक्रिया थालनी गरेको बताए। सरकारले किसानलाई कृषि अनुदान दिँदा अख्तियार तथा मुद्दा लाग्ने गरेकाले अनुदान रोकिएकाले किसानलाई सहुलियत दिने तयारी सरकारले गरेको जनाए ।

मन्त्री यादवले भने, ‘अघिल्लो सरकारले भन्दा यो सरकारले कृषि क्षेत्रका राम्रो प्रगति गरेको छ। कृषि बीउविजन समयमै उपलब्ध गराएको छ। किसानले गहुँको ५ सय क्विन्टल बीउ किसानले लिन सकिरहेका थिएनन्। पछि सरकारले त्यसको व्यवस्था गरेको छ। अन्य क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गरेर काम गरिरहेका छौँ। धानको उत्पादन गर्ने, उत्पादन क्षेत्र वृद्धि गर्ने सरकारको दायित्व हो। यसलाई समय सापेक्ष नीतिगत हिसाबमा समयमै सरकारले मल खादको जति राजनीतिकरण गरेर भ्रम कुरा गरेको थियो।’

अहिले पनि सरकारसँग ३ देखि ४ हजार मेट्रिकटन मल गोदाममा रहेको उनले बताए। किसानको मागजति पर्याप्त नभए पनि खाली हात नपठाएको उनको धारणा छ। उनले भने, ‘मलमा आउने अनुदान कम गर्दै जाने र जुन किसानले काम गरेको छ त्यही किसानको खाता र हातमा अनुदान पु¥याउने काम गर्नेछ। बीचमा किसानको हातमा पुग्ने गरेको थिएन। अब कसरी पु¥याउने भन्ने गम्भीर छलफलमा छौँ। अहिले सरकारले कृषिमा धेरै अनुदान रोकेका छौँ। धेरै अनुदान अख्तियारमा पुग्छ। धेरै मुुद्दा लाग्ने गरेको छ। त्यसैले अनुदानभन्दा पनि किसानलाई सहुलियत रूपमा कृषि सामग्री उपलब्ध गराउने योजनामा छौँ। समय सापेक्षअनुसार नीति परिमार्जन गर्दै सरकार अगाडि बढ्छ। मन्त्रालयले नयाँ–नयाँ काम गर्दै जानेछ।’

कृषिमन्त्रीले सय दिनमा नीतिगत तथा कानुनी व्यवस्था, बाली-बस्तुको (धान, उखु, कफी, कच्चा दूध)को मूल्य निर्धारण गरेको उल्लेख गरेका छन्। त्यस्तै, बेमौसमी वर्षा प्रभावित कृषकलाई राहत समन्वय, रासायनिक मल आयात र बिक्री सहजीकरण, गुणस्तर नियमन, नयाँ जोन र पकेट स्थापनालगायत काम गरेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here