काठमाडौं / चार भारतीय नागरिकबाट प्रहरीले अवैध सुन बरामद गरेको छ । थाईल्यान्डबाट काठमाडौं विमानस्थल ओर्लेका चार भारतीय नागरिक : बबिता गर्ग, सरिता जैन, जपिन जैत र सुनिताको साथबाट ५ किलो ८ सय १४ ग्राम सुन जफत गरेको विमानस्थल प्रहरीले जनाएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अपराध अनुसन्धान शाखाका अनुसार बाला र सिक्री गरी २६ थान बरामद भएको छ ।ती बरामद सुन बजार मूल्य २ करोड ९ लाख ८ हजार १ सय ९७ को रहेको छ ।


















