इटालीमा थप २१ दिनसम्म लकडाउन हुने

49

एजेन्सी –  इटालीमा लकडाउनको समय मे ३ सम्म थप गरेकाे छ । इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले मुलुकमा जारी रहेको लकडाउनको समय मे ३ सम्मका लागि बढाउने निर्णय गरेका हुन् ।

इटालीमा मार्च ९ मा पहिलोपटक मुलुकमा लकडाउनको घोषणा गरिएको थियो । यो लकडाउन अप्रिल ३ सम्मका लागि घोषणा गरिएको थियो ।

पछि यो लकडाउनको समय १३ अप्रिलसम्म लम्ब्याउने निर्णय गरिएको थियो अझै पनि इटालीमा कोरोना भाइरस ९कोभिड–१९० को महामारी नरोकिएको कारण यसलाई थप २१ दिन बढाएर मे ३ सम्म लम्ब्याउने निर्णय गरिएको हो ।

बीबीसीका अनुसार इटालीमा लकडाउनले संक्रमित र मृत्यु हुनेको संख्यामा पनि असर देखिन थालेको छ । शुक्रबार सार्वजनिक गरिएको तथ्यांक अनुसार इटालीमा पछिल्लो २४ घण्टामा पाँच सय ७० जना मानिसको भाइरसको कारण मृत्यु भएको थियो ।

यो पछिल्लो एक सातायताकै कम हो । तर, इटाली विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेमा सबैभन्दा प्रभावित मुलुक हो । हालसम्म यो मुलुकमा १८ हजार आठ सय ४९ जना मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here