फेसबुकका मालिक जुकरवर्गको सुरक्षामा २.२ करोड डलर खर्च

192

एजेन्सी / संसारको सबैभन्दा ठूलो समाजिक सञ्जाल फेसबुकका मालिकलाई सुरक्षित राख्न हुने खर्च अमेरिकी डलरमा करोडमाथि देखिएको छ । फेसबुकले आफ्नो सीईओको व्यक्तिगत सुरक्षा र भ्रमणमा मात्रै अतिरिक्त १.३ करोड अमेरिकी डलर खर्चेका छन् ।

शुक्रबार कम्पनीले जारी गरेको प्रोक्सी फाइलिंगमा तथ्याँक उल्लेख छ । जसमा कर काटिनुअघिको नयाँ १ करोड अमेरिकी डलर पनि छ । कम्पनीका अनुसार नयाँ १ करोड राशीले सुरक्षा गार्ड, उपकरण, सेवा र आवास सुधारको खर्च समेटेको
छ ।

‘उनी फेसबुकका प्रर्याय हुन् । यसैले हाम्रो कम्पनीसँग जोडिएको नकारात्मक जनमत उनीतर्फ मोडिन्छ’ कम्पनीले दायर गरेको प्रोक्सि फाइलिंगमा भनिएको छ । अन्य अमेरिकी धनाढ्य प्रमुख कार्यकारी अधिकृतजस्तो जुकरवर्गले आधिकारिक पारिश्रमिक वार्षिक १ डलर पाउँछन् ।

सन् २०१८ मा उनले बोनस अथवा स्टक पुरस्कार पनि लिएनन् । तपनि जुकरवर्गले कम्पनीबाट लिने खर्च रकम सन् २०१७ को ९१ लाख अमेरिकी डलरबाट बढेर सन् २०१८ मा २।२६ करोड डलर पुग्यो । यसको ठूलो अंश जुकरवर्गको सुरक्षा खर्चमा खर्च भयो । कम्पनीले सुरक्षा खर्चमा वृद्धि हुनुमा जुकरवर्ग र फेसबुक सर्वत्र परिचित हुनुले पनि भूमिका खेलेको बताएको छ । फेसबुकले जुकरवर्ग र उनको घरपरिवारको नीजि सुरक्षा साथै खर्च व्यहोर्ने गर्छ ।

जुकरवर्गले कम्पनीबाट पाएको मध्ये लगभग २६ लाख अमेरिकी डलर त उनको नीजि हवाई यात्रामात्रै खर्च भएको थियो । यो खर्च पनि उनको सुरक्षा खर्च अन्तर्गतनै रहेको कम्पनीले जनाएको छ ।

फेसबुक एकपछि अर्को काण्डमा फस्ने क्रम यस वर्ष पनि जारी रह्यो । कम्पनी क्याम्ब्रिज एनालिटी नामक एक राजनीतिक विश्लेषक कम्पनीले उसको ८।७ करोड प्रयोगकर्ताहरुको व्यक्तिगत खाताहरु ह्याक गरेदेखि विवादमा मुछिएको छ । त्यस्तै पछिल्लो समय फेसबुक श्वेत नश्लवाद र अल्पसंख्यकहरुमाथिको घृणा फैलाउने माध्यम भएको पनि आरोप लाग्ने गरेको
छ ।

‘जुकरवर्ग विश्वको सबैभन्दा परिचित कार्यकारी अधिकृत हुन् । हाम्रो कम्पनीको प्रयोगकर्ताहरुको संख्या र विश्वव्यापी मिडिया, न्यायापालिका र नियामक नीतिहरुमा चर्चाबीच उनी झनझन् प्रकाशमा परेकाले उनको सुरक्षा महत्वपूर्ण भएको हो,’ फाइलिंगमा भनिएको छ ।

फाइलिंगले कम्पनीले जुकरवर्गपछिकी दोस्रो वरियताकी अधिकृत सेरील स्याण्डवर्गको व्यक्तिगत सुरक्षाको खर्चमा अघिल्ला वर्षको तुलनामा खर्च बढेको बताएको छ । स्याण्डवर्गको लागि आफूले अघिल्लो वर्ष ११ लाख अमेरिकी डलर खर्चेको कम्पनीले फाइलिंगमा उल्लेख गरेको छ ।

जुकरवर्ग विश्वको सबैभन्द धनी व्यक्ति मध्य एक हुन् । धनाढ्यहरुको सुचि निकाल्ने ‘फोब्र्स’ पत्रिकाकाअनुसार जुकरवर्ग विश्वको आठौं सबैभन्दा धनाढ्य व्यक्ति हुन् । उनीसँग कुल ६२.३ अर्ब अमेरिकी डलर सम्पत्ती रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here