प्रचण्ड अध्यक्षताको पहिलो नेकपा सचिवालय बैठक

154

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । सांगठनीक एकताका निर्णय गर्न पार्टी मुख्यालय धुम्रबाराहीमा सोमबार दिउँसो १ बजे बैठक बोलाएका हुन् ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएकाले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएका हुन् ।

नेकपामा प्रवास कमिटी, महानगरहरूको नेतृत्व, पोलिटब्यूरो गठन, अन्य केन्द्रीय सदस्यहरूको कार्यविभाजनलगायत कार्यसूचीमा निर्णय हुन बाँकी छ । सोमबारको बैठकमा यिनै विषयमा छलफल हुने दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जनाएका छन् ।

प्रधानमन्त्री ओली उपचारका लागि सिङ्गापुर प्रस्थान गरेकोमा पार्टीका अन्य निर्णय अर्का अध्यक्षको नेतृत्वमा गर्ने समझदारी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here