काठमाडौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १५ दिनबराबरको तलब जम्मा गर्ने भएको छ ।
उनीहरुले शुरु तलब स्केलको १५ दिनको तबल सरकारले स्थापना गरेको कोषमा जम्मा गर्ने निर्णय गरेको जनाइएकाे छ । छ । त्यस्तै आयोगमा कार्यरत सचिवलगायतका कर्मचारीको हकमा नेपाल सरकारको सचिव बैठकको निर्णयबमोजिम तलब कोषमा जम्मा गर्ने निर्णय भएको प्रवक्ता कोइरालाले जानकारी दिए। रासस


















