नेपाल इन्भेष्टमेन्ट बैंकको ८२ औं शाखा बालुवाटारमा

185

काठमाडौं  / नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नो ८२ औं शाखा काठमाडौं–४, बालुवाटारमा विस्तार गरेको छ । शाखा स्थानीय माग पूरा गर्नेगरि लकर सुविधासहितको पूर्ण शाखाको रूपमा सञ्चालन हुने बैंकले जनाएको छ । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेद्धारा बैंक सञ्चालक समितिका सदस्यहरूका साथै बैंकका वरिष्ठ अधिकारीहरू र स्थानीय सहयोगीहरूका बीचमा शाखाको उद्घाटन गरे ।

काठमाडौं उपत्यकाभित्र २५औं शाखाको रूपमा रहेको यो शाखा प्रधानमन्त्रीको औपचारिक निवास, नेपाल राष्ट्र बैंक र अन्य संस्थागत भवनहरू भएको स्थानमा अवस्थित छ । बैंकले यस भन्दा अघि हालैमात्र जेबिल्स फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको थियो र बैंकले यसअघिका ग्रामीण विस्तारहरूसँगै यो शाखा थप भएपछि यसको कुशलतामा आधारित सञ्चालन अझ प्रभावकारी हुने दाबी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here