शालिकरामले आत्महत्याअघि रेकर्ड गरेको भिडियो अरुले खिचेको हो (अदालतको आदेशको पूर्ण पाठसहित)

157

काठमाडौं– पत्रकार शालिकराम पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियो अर्को व्यक्तिले नै खिचेको अदालतको तथ्य विश्लेषणमा उल्लेख गरिएको छ ।

चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश हेमन्त रावलको इजलाशमा उक्त मुद्दाको तथ्य विश्लेषण खण्डको पृष्ठ ७ र ८ मा शालिकराम एक्लैले भिडियो खिचेको होइन भन्ने कुरा उल्लेख गरिएको छ ।

‘भिडियो रेकर्डको अन्तमा मृतक शालिकराम पुडासैनीले आफ्नो दुबै हात जोडेर आफ्ना वृद्ध बुवा, आमा र पत्नीलाई आफूले आत्महत्या गर्नुको कारण र दुःखको पश्चाताप बोध गरी क्षमायाचना गर्दै दुबै हात जोडेर प्रणाम दण्डवत गरेको देखिने अवस्थाले सो भिडियो निज आफैले एक्लै (सेल्फी) खिचेको भन्ने देखिएन ।

न्यायाधीश हेमन्त रावल इजलाशको आदेशमा थप भनिएको छ, निजले घटनास्थलको सो कोठामा उपयुक्त उचाईको स्थानमा आफ्नो मोबाइल भिडियो रेकर्ड मोडमा स्थिर राखी भिडियो खिचेको हो भन्ने घटनास्थल मुचुल्का र बरामदी मुचुल्कामा मोबाइल त्यस्तो स्थानमा राखेको अवस्थामा भेटिएको भन्ने व्यहोरा उल्लेख भएको पनि देखिएन । अतः सो भिडियो रेकर्ड हुँदा निज शालिकराम पुडासैनीले अर्को कुनै व्यक्तिको सहयोगमा सो भिडियो रेकर्ड गरेको अवस्था देखिन्छ ।’

अदालतको तथ्य विश्लेषण खण्डमा ठहरकै शैलीमा उल्लेख भएको यस बुँदाले दुईवटा शंका बढाएको छ । पहिलो शालिकरामले आत्महत्या गर्नुपूर्व कुनै व्यक्तिको सहयोगमा भिडियो रेकर्ड गराएका थिए ।

दोस्रो, आदेशमा भनिएअनुसार भिडियो रेकर्ड गर्दा स्याण्डो लगाएर रेकर्ड गरिएको र पछि सर्ट र पाइन्ट लगाएर आत्महत्या गरेकाले सायद त्यो भिडियो आत्महत्या गरेकै दिनको भिडियो होइन कि भन्ने सवाल उठाइएको छ ।

No photo description available.No photo description available.No photo description available.Image may contain: textNo photo description available.No photo description available.Image may contain: textNo photo description available.No photo description available.No photo description available.Image may contain: textNo photo description available.No photo description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here