काठमाडौंं-निजगढ फास्ट ट्रयाक साढे तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य

195

 काठमाडौंं /  नेपाली सेनाले निर्माणको जिम्मा पाएको काठमाडौ-निजगढ फास्ट ट्रयाक निर्माणको काम साढे तीन वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको नेपाली सेनाले जनाएको छ ।

फास्ट ट्रयाका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा सेनाले यस्तो जानकारी दिएको छ । फास्ट ट्रयाक निर्माणका लागि कोरियन कम्पनीलाई दिइएको डिपिआर सरकारबाट स्वीकृत भएपछि सेनाले पूर्व निर्धारित समय अनुसार नै निर्माणको काम सम्पन्न गर्ने गरी काम सुरु भइरहेको जनाएको छ । उक्त आयोजना निर्माणका लागि एक खर्ब ७५ अर्ब रुपैयाँ लागत लाग्ने सेनाले जनाएको छ ।

डिपिआर अन्तर्गत फास्ट ट्रयाकको प्रस्तान बिन्दु खोकना राखिएको छ । ७२.५ किलोमिटर लामो सडकको अन्तिम बिन्दु निजगढ हुनेछ। ७२.५ किलोमिटर लामो सडकको अन्तिम बिन्दु निजगढ हुनेछ ।

आयोजनामा साढे १० किलोमिटर लम्बाइमा कुल ८७ वटा पुल रहने सेनाले जनाएको छ । त्यसमध्य १६ वटा विशेष प्रकृतिको पुल हुने सेनाले जनाएको छ । आयोजना सम्पन्न भएसँगै काठमाडौदेखि निजगढ एक घण्टा दुई मिनेटमा पुगिने सेनाले जनाएको छ ।

सेनाले हालसम्म डिपिआर तयार पार्ने, निर्माण सुपरिवेक्षण क्याम्प ल्याव भवन निर्माण, बेलीवृज निर्माण गर्ने लगायतका काम सत प्रतिशत पुरा भएको जनाएको छ । त्यस्तै रुख खटान, जग्गा अधिग्रहण र अर्थ वर्क कटिङ र फिलिङको काम पनि भइरहेको सेनाले जनाएको छ ।

भारतीय कम्पनीलाई निर्माणको जिम्मा दिने भनिएको उक्त आयोजना २०७४ बैशाख २१ गतेको निणय अनुसार २०७४ साउन २७ गते नेपाली सेनालाई हस्तान्तरण गरिएको थियो । आयोजना निर्माण भएसँगै काठमाडौ देखि तराइको यात्रा समय ७ घण्टा छोटिने छ भने इन्धन खपत र ढुवानी खर्च उल्लेख्य घटने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here